२०८२ कात्तिक २४ नेपाल । ´प्रजातन्त्र स्थापनाको लडाईमा अद्भुत साहस, समर्पण र निष्ठाका साथ लड्नुभएका युग पुरुष गणेशमान सिंह आज लोकतन्त्र सुधारको लडाईँमा समेत उति नै सान्दर्भिक हुनुहुन्छ`।

´आफ्नो अन्तर्मनको आवाज सुन्ने र सार्वजनिक जीवनमा रहने व्यक्तिहरूले नैतिकताको सर्वोच्चता पालन गर्नुपर्छ भन्ने कुरामा उहाँ सधैँ दृढ उभिनु भयो। लौह पुरुष गणेशमान सिंहको १११औ जन्मजयन्तीको अवसरमा भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दछु`। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो फेसबुकमा लेखेका छन।