२०८२ कात्तिक २१ नेपाल । जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारमा संचालन रहेको श्री पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिका व्यवस्थापक, विभिन्न कालखण्डमा रहेका सञ्चालक समितिका पदाधिकारीहरू समेतका जिम्मेवार व्यक्तिहरुले निक्षेप कर्ताहरुको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना एबं ठगी गरेको देखिदाँ यस सम्बन्धमा सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गरी दिनु हुन भन्ने सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराको पत्र साथ कागजातहरु मिति २०८२।०७।१८ गते यस कार्यालयमा प्राप्त भई मुद्दा दर्ता भए पश्चात् केही जिम्मेवार पदाधिकारी तथा कर्मचारी नियन्त्रणमा लिई अनुसन्धानको क्रममा रहेकोले उक्त सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयर धनी प्रमाण पत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागज सहित कानून बमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्ताहरूमा सूचित गरिएको छ ।
पुनश्च :
मुद्दाको हदम्यादलाई मध्यनजर गरेर पीडित बचतकर्ताहरुले मिति २०८२।०८।०२ गते भित्रमा अनिवार्य रूपमा यसै सूचनालाई आधार मानेर जाहेरी दरखास्त पेश गर्नु हुन समेत अनुरोध गरिएको छ ।
साथै :
सहकारीबाट ऋण लिई हालसम्म चुक्ता नगर्ने ऋणीहरुले यस कार्यालयको अपराध अनुसन्धान शाखामा सम्पर्क राखी वित्तिय विश्लेषण प्रतिवेदनबाट निर्धारण गरिएको ऋण रकम अनुसन्धान अवधीभित्रै सहकारीको खातामा जम्मा गरी भौचर जम्मा गर्नु हुन अनुरोध गरिन्छ, अन्यथा कानून बमोजिम हुनेछ । जिल्ला प्रहरी कास्की द्वारा जारी सूचनामा भनिएको छ ।
