२०८२ कात्तिक २० नेपाल । कास्की प्रहरी द्वारा विभिन्न मिति र स्थानबाट चोरी भएका मोटरसाईकल तथा स्कुटरहरु खोजतलास तथा अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कास्की मातहत ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलिले चोरी भएका ग ९ प ८७६१ नं. को स्कुटर र ग १५ प ५२३७ नं. को स्कुटर सहित चोरीमा संलग्न निम्न ४ जना अभियुक्तहरु र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिई गएको प्रहरी टोलिले ग ४ प ७६८४ नं. को चोरी भएको स्कुटर सहित १ जना मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडी बढाएको
जिल्ला प्रहरी कार्यालय, कास्की द्वारा चोरीका स्कुटर सहितको प्रेस बिज्ञप्ती जारी गरेको छ।