२०८२ कात्तिक २० नेपाल । मिति २०८२।०५।२४ गते आन्दोलन, तोडफोड तथा आगजनीको क्रममा प्रहरी कार्यालयमा राखिएका सवारी साधन चोरी गरी चलाई रहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको परिसरमा अनुसन्धान तथा कारवाहीको लागि राखिएको ईन्जिन नम्बर MC20AEKGK00393, चेसिस नम्बर MBLLDU0L0KCK00274 भएको ग १६ प १४५५ नम्बरको कालो रंगको X PLUS 200 मो.सा. चोरी गरी चलाई रहेको अवस्थामा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ दोविल्ला बस्ने वर्ष २४ को सुवास तामाङलाई मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कास्किले जनाएको छ।