२०८२ कात्तिक १९ नेपाल । नेकपा (एकीकृत समाजवादी)को आज विहान ११ बजे भृकुटीमण्डप प्रदर्शनी हल, प्रदर्शनीमार्गमा एकता राष्ट्रिय सम्मेलनमा हुने भएको छ् ।
एकता सम्मेलनको लागि पार्टी केन्द्रीय कमिटी सदस्यहरु, केन्द्रीय आयोगका सदस्यहरु, केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरु, जेष्ट कम्युनिष्ट मंचका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, क्षेत्रिय कमिटीका अध्यक्षहरु, पालिका कमिटीका अध्यक्षहरु, केन्द्रीय विभागका सदस्यहरु र जनसंगठनका केन्द्रीय पदाधिकारीहरुलाई उपस्थितिका लागि पार्टीले आह्वान गरेको छ।

