२०८२ कात्तिक १७ नेपाली । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा स्थितमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।१५ गते अं.१२:३० बजेको समयमा जुवातास खेलिरहेको अवस्थामा खेलाउने समेत गरी ७ जना मानिसहरुलाई नगद रकम रू.७३, २०५/-र ४ बुक तास तथा अन्य जुवा जन्य सामग्री सहित पक्राउ गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले प्रेस बिज्ञप्ती जारी गरेर जनाएको छ।