२०८२ कात्तिक १७ नेपाल । मिति २०८२।०५।२३ र २४ गते भएको आगजनी एवं तोडफोड समेतका कारणबाट यस अदालतको भवनमा हुन गएको क्षतिको कारणबाट यस अदालतबाट प्रवाह हुने सेवा स्थगित भएकोमा हाल सञ्चालनमा रहेका सेवाहरू यथावत रही देहायको मितिदेखि देहायबमोजिमका सेवाहरू सुचारू हुने बेहोरा मिति २०८२/७/१४ गतेको यस अदालतको पूर्ण बैठक तथा बार बेन्चको बैठकको निर्णयबमोजिम
१. फिराद दर्ता तथा फैसला कार्यान्वयन सम्बन्धी निवेदन दर्ता सम्बन्धमा :-

मिति २०८२ भाद्र २३ देखि कार्तिक २२ गतेसम्मको अवधिलाई हदम्यादको प्रयोजनका लागि शून्य समय मानी मिति २०८२ भाद्र २३ गते पछि रोकिएका फिराद एक दिनमा बढीमा १५० को संख्यामा नबढ्ने गरी तथा तहसिल शाखामा दर्ता हुने फैसला कार्यान्वयन सम्बन्धी नयाँ निवेदनहरू मिति २०८२।७।२३ गतेदेखि दर्ता गर्ने।

२. नष्ट भएका मिसिलको सूची प्रकाशन तथा चालु मिसिल पुनः प्राप्ति सम्बन्धमा :-

मिति २०८२ भाद्र २३ र २४ गते भएको आगजनी तथा तोडफोडको घटनापश्चात यस अदालतमा क्षति पुगेका/नष्ट भएका चालु मिसिलहरूको सूची सम्मानीत सर्वोच्च अदालतबाट स्वीकृत विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२ बमोजिम सूचनापाटी र वेवसाइटमा प्रकाशन प्रकाशित गरिएको छ। उल्लिखित सूची बमोजिमका मिसिलहरू पूनः प्राप्ति गर्ने प्रयोजनका लागि स्पष्ट बुझिने देहायबमोजिमका कागजातहरू अदालतबाट भएको प्रमाणित प्रतिलिपि वा सम्बन्धित सरकारी निकायबाट जारी भएको सक्कल वा प्रमाणित प्रतिलपि मुद्दाका वादी, प्रतिवादी तथा सरोकारवाला समेतबाट मिति २०८२/७/२६ गतेदेखि हाललाई ३० दिनभित्र अदालतमा उपस्थित हुनुपर्नेछ ।

मिसिल पुनः प्राप्तिका लागि पेस गर्नुपर्ने कागजातहरू :-

फिरादपत्र, प्रतिउत्तरपत्र, बयान, बकपत्र, तारेख पर्चा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, आदेश, लिखत प्रमाण लगायतका मिसिल संलग्न कागजातहरू,

३. तारेख व्यवस्थापन सम्बन्धमा :-

मिति २०८२ भाद्र २३ देखि कार्तिक २५ गतेसम्मको अवधिलाई शून्य समय मानी सो अवधिमा परेका म्याद तथा तारेखहरू नगुज्रिने गरी ३१ वटा चालु मुद्दा फाँट तथा तहसिल शाखाबाट तोकिएको जिल्ला अदालत सूचना फाटले जनाएको छ।