२०८२ कात्तिक १६ नेपाल । ´पूँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको मध्य पुरा गर्न बृहत कम्युनिष्ट मान्दोलनको एकिकरण भ्राजको वस्तुगत आवश्यकता हो। यही आवश्यकतालाई ध्यानमा राखि ने.क.पा. (माओवादी केन्द्र), ने.क.पा. (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, ने.क.पा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी ने.क.पा (माओवादी-समाजवादी) र ने.क.पा. (साम्यवादी। का बीचमा पार्टी एकता र कम्युनिष्ट एकीकरणको प्रकृया अगाडी बढाउनका लागि निम्न प्रस्तावहरुमा सहमति गरिएको छः
१. पार्टीको मार्गनिर्देशक सिद्धान्त: मार्क्सवाद-लेनिनवाद हुनेछ ।
२. नेपाली क्रान्तिको कार्यक्रम नेपानी विशेषताको वैज्ञानिक समाजवाद हुनेछ ।
३. पार्टीको तात्कालिक कार्यनीति: पूँजिवादी जनवादी क्रान्तिका उपलव्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको बाधार तयार गरिने छ ।
४. वान्दोलनको स्वरूप आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ। परिस्थिति अनुसार सडक, सदन र सरकार मगायत आवश्यकता अनुसारका सबै मोर्चाहरु आन्दोलनको मोर्चा हुनेछन् ।
५. पार्टीको एकता राष्ट्रिय सम्मेलन: एकता प्रकृयामा सहभागी सबै घटकहरुका केन्द्रीय समितिहरुको संयुक्त भेलाको रुपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कार्तिक १९ गते गरिने छ। एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरु गरिनेछ ।
६. एकता राष्ट्रिय महाधिवेशन आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ ।
७. केन्द्रीय समितिको गठन एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ ।
८. केन्द्रीय समिति भित्रको संरचना केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्य संयोजन समिति हुनेछ ।
९. संयोजक र सहसंयोजक: केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद हुनेछ। प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरुमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ ।
१०. सहमति र समन्वय एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु, आयोजना, संगठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिनेछ ।
११. सबै तहको पार्टी पक्तिमा एकता समायोजन सबै तहका पार्टी समितिहरू र जनसंगठनहरूमा इन्चार्ज तथा सहइन्यार्ज र संयोजक तथा सहसंयोजकहरु सम्भव भएसम्म एकतामा सहभागी घटकहरुबाट रहने व्यवस्था गरिने छ ।
१२. दुई तहमा रहन सक्ने कुनै पनि सदस्यहरु दुई तहको समितिमा रहन सक्ने छन् ।
१३. पार्टी समितिहरुको सन्चालन: पार्टी समितिहरुको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा बाधारित जनवादी केन्द्रियताको सिद्धान्त अनुरुप हुने छ ।
१४. राजनीतिक प्रतिवेदन र कार्यक्रम पार्टी एकता घोषणापश्चात् राजनीतिक प्रतिवेदन, कार्यक्रम लगायतका दस्तावेजहरू निमर्माण गर्न कार्यदल गठन गरिने छ ।
१५. संगठनात्मक समायोजन पार्टी समितिहरू र जनसंगठनहरूमा संगठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिनेछ ।
१६. पार्टीको तहगत कार्यकारी समितिहरु केन्द्र, भौगोलिक र गैरभौगोलिक दुवै तर्फका प्रदेश, जिल्ला, पालिका र वडा तह कार्यकारी हुनेछन् । संघ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिक स्तरका समितिहरु संगठन समितिको रुपमा रहने छन् ।
१७. पार्टीको नाम र चुनाव चिन्ह पार्टीको नाम रहने र चुनाव चिन्ह पांचकुने तारा हुने छ ।
१८. मतमेव समाधान : वैचारिक राजनीतिक विषयमा एकआपसमा रहन सक्ने मतहरूबारे निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुर्याईने छ।
