२०८२ कात्तिक १५ नेपाल । ´नेपालको वाम आन्दोलन फेरि एकपटक विभाजनको घेराभित्र प्रवेश गरेको देखिन्छ। एमालेलाई विभाजन गरेर बनेको पाँच वर्ष पछाडि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भित्र हाल देखिएको असन्तुष्टि र अविश्वासको परिणामस्वरूप पार्टी तीन धारामा विभाजित हुने संकेत देखिएको छ`।

´यो विभाजनको मूल कारण के हो भन्ने प्रश्नमा हेर्दा, नेतृत्वको दिशा, राजनीतिक रणनीति र सत्तासँगको सम्बन्धमा मतभेद नै प्रमुख देखिन्छ। प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले हालसालै देखाएको सक्रियता, त्यसमा माधव नेपालको पार्टीका केही नेताहरूको सहानुभूति, र अर्कातिर एमालेसँग नजिकिन चाहने केही नेताहरूबीचको प्रतिस्पर्धाले यो विभाजनलाई तीव्र बनाएको हो`।

१. ´प्रचण्डतर्फ जाने धार
यो समूहले वाम एकताको पुरानो स्वप्ना पुनर्जीवित गर्ने नाममा माओवादी केन्द्रसँग सहकार्य गर्न खोज्दैछ। तर, राजनीतिक विश्लेषकहरूको मतमा, यो कदमले संगठनात्मक रूपमा माओवादीलाई त केही बलियो बनाउन सक्छ तर वाम आन्दोलनको वैचारिक एकरूपता कमजोर पार्ने खतरा पनि रहन्छ। किनभने माओवादी र समाजवादीबीचको संगठनात्मक र वैचारिक आधार अहिले पनि भिन्न छन्`।

२. ´झलनाथ तर्फ बस्ने मध्यम समूह
यो समूहले तत्काल कुनै ठूलो निर्णय लिनुभन्दा संगठनलाई स्थिर राख्ने प्रयास गर्छ। झलनाथ खनालको दीर्घ राजनीतिक अनुभव र वैचारिक सन्तुलन राख्ने क्षमताले केही समय यो समूहलाई टिकाइराख्न सक्छ। तर, स्थायी समाधानका लागि स्पष्ट दिशा, संगठनात्मक नीतिहरू र नयाँ पुस्ताको सहभागिता आवश्यक देखिन्छ`।

३. एमालेतर्फ फर्किने धार
´एमालेमा फर्कने समूहले आफ्नो कदमलाई वाम आन्दोलनको दीर्घकालीन हित गर्नेछ। विभाजित कम्युनिष्ट आन्दोलनले सधैं प्रतिकूल शक्ति लाभान्वित हुन्छ; त्यसैले पुनर्मिलन नै स्थायित्वको बाटो हो`।

निष्कर्ष:
´माधव नेपालको पार्टीभित्रको यो विभाजन केवल व्यक्तिगत असन्तुष्टि वा नेतृत्व संघर्षको परिणाम होइन, यो नेपालको वाम राजनीति भित्रको दीर्घकालीन रोग हो। एकताको अभाव र सत्ता केन्द्रित सोचको पुनरावृत्ति हो।
एमालेतर्फ फर्कने समूह ठूलो हुने हो भने वाम शक्ति संख्या बलियो देखिन सक्छ, तर माओवादीतर्फ जाने समूह बढ्दै गए भने विचार र दृष्टिकोणमा फेरि अस्थिरता आउने सम्भावना रहन्छ`।
´झलनाथ खनाल जस्ता पुराना नेता सन्तुलनको भूमिका खेल्न सक्छन्, तर दीर्घकालमा वाम राजनीति पुनः एकढिक्का हुन, नयाँ पुस्ता, वैचारिक स्पष्टता र सिद्धान्तमा आधारित नेतृत्व अपरिहार्य देखिन्छ`। एमाले नेत्ता महेस बस्नेतले आफ्नो फेसबुकमा पोस्ट गरेका छन् ।