२०८२ कात्तिक १५ नेपाल । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री डा. मदन प्रसाद परियारज्यूले पदभार ग्रहण गर्नुभएको यहि कार्तिक ६ गते एक महिना पुग्न लागेको सन्दर्भमा मन्त्रालयका सचिवज्युहरु, महाशाखा प्रमुखहरू मन्त्रालय मातहतका तीनवटै विभागका महानिर्देशकहरु, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक, मन्त्रालय मातहतका सम्पूर्ण केन्द्र प्रमुखहरु, मन्त्रालयका विभिन्न आयोजनाका प्रमुखहरू र सम्बन्धित बोर्ड, संस्था तथा समितिका पदाधिकारीहरुको उपस्थितिमा मिति २०८२ कात्तिक २ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा छलफल भयो।
जेन-जेड आन्दोलन पश्चातको वर्तमान सन्दर्भमा कृषि तथा पशुपन्छी सेवा क्षेत्रका २१ वटा बुँदाहरुमा सुधार एवं सेवा प्रभावकारी बनाउने सन्दर्भमा मा. मन्त्रीज्यूले स्पष्ट समयसिमा सहितको कार्ययोजनामा रहि सुधार एवं चुस्त दुरुस्त सेवा प्रवाह गर्न मन्त्रालय र मातहतका सम्पूर्ण निकायलाई निर्देशन गर्नुभयो । जसमध्ये देशका विभिन्न स्थानमा २०८२ असोज १७ देखि १९ सम्मको वर्षा र तत्पश्चातको वाढीवाट कृषि क्षत्रमा पुर्याएको क्षतिको आँकलन, कृषि र पशुपन्छीजन्य उत्पादनको स्वच्छता एवं खाद्य वस्तुमा हुनसक्ने मिसावट नियन्त्रण तथा अनुगमन, कालीमाटी फलफूल तथा तरकारी बजार सुधार, उखु कृषकहरुको माग सम्वोधन, रासायनिक मलखादको निरन्तर आपुर्ति र सहज वितरण, दूग्ध किसानको बक्यौता रकमको भुक्तानी एवं दूग्ध विकास संस्थानको सुधार, स्वदेशी मह उत्पादन एवं वजारिकरणमा किसानहरुको समस्या समाधान एवं प्रोत्साहन, नेपाल कृषि अनुसन्धान परिषद्को पुनर्संरचना एवं सुधार, स्वदेशी लगानी तथा दातृनिकायको सहुलियत ऋण तथा अनुदानमा संचालित आयोजनाहरुलाई उपलब्धीमूलक बनाउने एवं आयोजना पश्चातको दिगोपनाको कार्ययोजना तथा कृषि क्षेत्र सुदृढिकरण एवं सबलीकरणका लागी संचालित विभिन्न आयोजनाहरूको कार्यान्वयनबाट नेपाली किसान र कृषि क्षेत्रले लिनुपर्ने लाभका विषयहरू प्रमुख रहेका थिए ।
वर्तमान अवस्थाको परिवर्तनबाट आम नागरिक र किसानलाई प्रत्यक्ष अनुभुति दिलाउन चुस्त, दुरुस्त र उच्च मनोवलका साथ कार्ययोजना कार्यान्वयन मार्फत कृषि तथा पशुपन्छी उपजहरुको उत्पादन र बजारीकरणमा सहजता ल्याई सम्पूर्ण किसान र उपभोक्तामा उत्साह ल्याउन सम्पूर्ण सरोकारवाला पक्षहरुको सक्रिय एवं अर्थपूर्ण सहभागिता र सहकार्यका लागि मन्त्रालय हार्दिक अनुरोध गर्दछ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख रहेको छ ।
