२०८२ कात्तिक १४ नेपाल । ´प्राकृतिक र कानूनी व्यक्ति वा कानूनी व्यक्तिहरू बीच घरजग्गा सम्बन्धी कारोवार गर्न इजाजतपत्र लिनु पर्ने मालपोत ऐन, २०३४ मा भएको व्यवस्था वमोजिम नेपाल सरकारवाट मिति २०८२/०६/२७ मा प्रकाशित नेपाल राजपत्रको सूचना नं. २ अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको हुँदा एक पटकमा तीन करोड रुपैया भन्दा बढिको घरजग्गा कारोवार गर्न इजाजत पत्र लिन इच्छुक फर्म, कम्पनी वा संस्थाले तपसिल बमोजिमका कागजात संलग्न गरी ३० (तीस) दिनभित्र www.public.dolma.gov.np मार्फत अनलाइन निवेदन पेश गर्नु हुन मालपोत नियमावली, २०३६ को नियम २३ ज. को उपनियम (१) प्रयोजनार्थ सूचना प्रकाशित भएको छ ।
तपसिल :
१. मालपोत नियमावली, २०३६ (आठौं संशोधन २०८२) को अनुसूची-८ मा उल्लिखित कागजात एवम् प्रमाण स्क्यान गरी सोही अनुसूची बमोजिमको ढाँचामा निवेदन पेश गर्नु पर्ने ।
२. इजाजत पत्र लिनको लागि मालपोत नियमावली, २०३६ को नियम २३८. वमोजिम देहाय अनुसारको दस्तुर बुझाउनु पर्ने ।
(क) एक पटकमा पांच करोड रूपैयाँसम्म कारोबार गर्ने व्यक्ति। फर्म, कम्पनी वा संस्था) को हकमा पांच लाख रूपैयाँ।
(ख) एक पटकमा पाँच करोड रुपैयां भन्दा घटी वा बढी जतिसुकै रकमको कारोवार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था। को हकमा दश लाख रूपैयाँ ।
३. यप जानकारी लिन आवश्यक भएमा विभागमा सम्पर्क गर्नु हुन। भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको सूचनामा उल्लेख रहेको छ ।
