२०८२ कात्तिक १४ नेपाल । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका देहाय बमोजिमका सामान, पुराना फर्निचर, कार्यालय सामान तथा फुटकर सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम विक्री गर्न इच्छुक व्यक्ति वा फर्महरुलाई लिलाम बढाबढमा भाग लिन आह्वान गरेको छ ।

विवरण:

१. कम्प्युटर एण्ड एसेसरिज,कुल रु.१,३६,८१०।-

२. कार्यालय सामानहरु,

(अक्षरेपी एक लाख छत्तिस हजार आठ सय दश मात्र।

३. फर्निचर सामानहरु,

४. फुटकर सामानहरु / अन्य ।

१. डाँक बढाबढ हुने स्थान, समय र मितिः
(क) स्थानः नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालय परिसर

(ख) समयः बिहान ११:३० देखि दिउँसो १:०० बजेसम्म

(ग) मितिः २०८२/०७/३० गते आईतबार

२. डाँक बढाबढको प्रथम वोल न्यूनतम मूल्याङ्गिङ्कत रकम भन्दा वढी रकमबाट शुरु गर्नु पर्नेछ ।

३. लिलाममा सहभागी हुने व्यक्ति/संस्थाले प्रथम तथा प्रत्येक बोल मूल्यको दश प्रतिशतले हुन आउने नगद रकम तुरुन्तै धरौटीको रुपमा राख्नु पर्ने।

४ लिलाम सकार गरेका सामानको अन्तिम कबोल मूल्यको दश प्रतिशत बरावर नपुग हुने रकम थप धरौटी राख्नु पर्ने । लिलाम स्वीकृत गरेको जानकारी दिएको मितिले तीन दिन भित्र सम्झौता गर्न आउनु पर्ने ।

५ लिलाम बढाबढ हुने सामान हेर्न बुझ्न चाहनेले कार्यालय खुलेको दिन बिहान १०:०० बजेदेखि ४:०० बजेसम्म यस कार्यालयमा सम्पर्क गरी हेर्न सकिनेछ ।

६ सामानको विस्तृत विवरण तथा संख्या कार्यालयको सूचना पार्टीमा टाँस गरिएको । उक्त विवरण वारेमा यस कार्यालयको लेखा तथा स्टोर फाँटमा सम्पर्क राखी हेर्न बुझ्न सकिने ।

लिलाम सम्बन्धी अन्य कुराहरु नेपाल राष्ट्र बैंक लिलाम निर्देशिका, २०६५ बमोजिम हुने। नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले जारी गरेको सूचनामा उल्लेख रहेको छ।