२०८२ कात्तिक १४ नेपाल । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरण (का.जि.) को मिति २०८२ असोज २ गते बसेको संयुक्त बैठकवाट काठमाडौ महानगरपालिका भित्र अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्ने हटाउने निर्णयको सूचना सार्वजनिक भएको छ । जारी सूचनामा मुख्य तार्गेट काठमाडौं उपत्यका भित्र सरकारी सार्वजनिक जग्गामा नियम बिपरित, मापदण्ड बिपरित बनाईएका संरचना सुकुम्बासी बस्तीहरु पनि पर्दछन्

स्थानीय सरकार सञ्चालन ऐन २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए/गरेका कार्यहरू ७ (सात) दिनभित्र हटाइ सहयोग गरिदिनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौँ जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारवाही गरी खाली गरिने यसै सूचनाद्वारा जानकारी गराइन्छ । काठमाडौं महानगरपालिका द्वारा जारी सूचनामा भनिएको छ ।