२०८२ कात्तिक १३ नेपाल । नेकपा एमालेका नेत्ता महेस बस्नेतले आफ्नो फेसबुक मा एक लेख पोस्ट गर्दै जनआस्था र किशोर श्रेष्ठलाई खुल्ला चुनौती दिएका छन् ।

उनले लेखेका छन् ´म उद्योगमन्त्री भएको अवधि २०७१ भदौदेखि २०७२ असोजसम्म हो। त्यस समयमा प्रधानमन्त्री सुशिल कोइराला र अर्थमन्त्री रामशरण महत हुनुहुन्थ्यो`।

´उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय र आपूर्ति मन्त्रालय तिनवटा छुट्टाछुट्टै मन्त्रालय थिए। कृषि उत्पादन वा वस्तु निर्यात गर्दा नेपालमा वाणिज्य मन्त्रालय र (Department of Commerce / Department of Food Technology & Quality Control) ले गर्ने हो । तत्कालीन उद्योग मन्त्रालयको कामको क्षेत्र भित्र यो पर्दैन`।

´यसमा कल्पनाको भरमा एउटा भाइको नाम उल्लेख गरेछ त्यो भाइसँग त्यो दौरानमा मेरो परिचय पनि भइसकेको थिएन`।

´मेरो बारेमा कपलकल्पित समाचार फैलाएर भ्रमको खेती गर्दै पटक–पटक मेरो विरुद्ध लेख्ने किशोर श्रेष्ठलाई म खुल्ला चुनौती दिन्छु। यो समाचार पुष्टि गर म ….. तयार छु। पुष्टि गर्न सकिनस् भने त …… तयार छस` ? नेकपा एमालेका नेत्ता महेस बस्नेतले आफ्नो फेसबुकमा लेखेका छन् ।