२०८२ कात्तिक १३ नेपाल । काभ्रेपलान्चोक,सिन्धुली देखि महोत्तरीको बर्दिबास सडक खण्ड बिपी राजमार्ग पुनर्निर्माण गर्न जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ६० करोड अनुदान दिने आज सहमति पत्रमा हस्ताक्षर भएको छ।
गत साल र यसपालि परेको अविरल बर्षको कारण क्षेती पुगेको बीपी राजमार्गका सडक खण्ड पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा आज हस्ताक्षर समेत भएको छ । सम्झौता अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा अर्थ मन्त्रालयमा भएको हो ।
बर्दिबास देखि काभ्रेपलान्चोक जिल्लाको धुलिखेलसम्मको सडक जापान सरकारको जाईकाको अनुदान सहयोगमा बनेको थियो ।
सम्झौतामा अर्थसचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत तोरु माएदाले हस्ताक्षर गरेका छन् । कार्यक्रममा अर्थमन्त्री खनालले अनुदान सहायता नेपालको तर्फबाट स्वागत गरेका छन् । जापानी राजदूत माएदाले यो सहयोग बिसुद्द बीपी राजमार्गका क्षतिग्रस्त भाग पुनर्स्थापना पुनर्निर्माण मा प्रयोग हुने बिश्वास व्यक्त गरेका छन् ।
अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएपछि उपस्तिथि नेपाल सरकारका प्रतिनिधि र जापान सरकारका प्रतिनिधि सवैले अविरल बर्षबाट आएको बाढी पहिरो बाट क्षेतीग्रस्त भएको बीपी राजमार्गको सडक खण्ड छिट्टै पुनर्निर्माण हुने आशा व्यक्त गरेका छन् ।
