२०८२ कात्तिक १२ नेपाल। राष्‍ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालज्यूले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्‍ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिएका छन् ।