२०८२ कात्तिक ११ नेपाल । जल तथा मौसम विज्ञान विभागले कार्तिक १० गते जारी गरेको विशेष मनसुन बुलेटिन अनुसार २०८२-०७-१० गते राति देखि २०८२-०७-१२ गते बिहानसम्म गण्डकी प्रदेशका उच्च पहाडि तथा हिमाली भू-भागमा वर्षा तथा भारि हिमपातको प्रक्षेपण अनुरुप जिल्लाको तल्लो भेगमा निरन्तर वर्षा तथा उपल्लो भेगमा निरन्तर भारि हिमपात भैरहेको हुँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै  जिल्लामा वा जिल्ला हुँदै गरिने पदयात्रा तथा हिमाल आरोहण नगर्न/नगराउनुहुन जिल्ला प्रशासन कार्यालय मनाङले सूचना जारी गरेको छ् ।

पर्यटकहरुलाई आफु बसेकै स्थानमा सुरक्षित बस्नुहुन तथा  जिल्लामा तत्कालको लागि पदयात्रा/हिमाल आरोहणका लागि ननिस्किनुहुन समेत जिल्ला प्रशासन कार्यालय मनाङले सबैमा अनुरोध गरेको छ।