२०८२ कात्तिक ११ नेपाल । नेपालको संविधान २७२ को धारा १३२ मा बहालवाला प्रधानन्यायाधीश, पुर्व प्रधानन्यायाधीश र न्यायाधीश भईसकेको ब्यक्ति प्रधानमन्त्री बन्न नपाउने व्यवस्था उल्लेख रहेको छ् । तर पुर्व प्रधानन्यायाधीश सुसिला कार्की नेपालको बर्तमान संविधानको अधिकार क्षेत्र भित्रै रहेर कसरी प्रधानमन्त्री बन्नु भयो ? यो बिषय नेपाली नागरिकको लागि चासो जिज्ञासा्को बिषय रहेको छ ।

नेपालको संविधान २०७२ को धारा १३२ मा उल्लेख भएको बिषय बस्तु; प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने :(१) प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाइने वा काजमा खटाइने छैन ।

तर नेपाल सरकारले न्याय परिषदसँग परामर्श गरी सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायिक जाँचबुझको काममा वा केही खास अवधिका लागि कानून वा न्याय सम्बन्धी अनुसन्धान वा अन्वेषणको कुनै काममा खटाउन सक्नेछ ।

(२) प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुने छैन् । नेपालको संविधानमा उल्लेख रहेको छ।