२०८२ कात्तिक १० नेपाल । नेकपा एमालेका नेत्ता महेस बस्नेतले आफ्नो फेसबुक मार्फत सुसिला कार्की नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरु सुधा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता लाई शुभकामना दिएका छन् ।
बस्नेतले आफ्नो फेसबुकमा यसरी लेखेका छन-´प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्नु भएछ। यसअघि सात सदस्यीय मन्त्रिपरिषद् रहेकोमा अब नयाँ चार मन्त्री थपिँदै रहेछन्। स्रोतका अनुसार सुधा गौतम स्वास्थ्य, गणपतिलाल श्रेष्ठ पर्यटन, खगेन्द्र सुनार श्रम, र बब्लु गुप्ता खेलकुद मन्त्रीका रूपमा सिफारिस भएका छन्`।
´नियुक्त भएका मन्त्रीज्यूहरूलाई बधाई छ। तर थपिएका अनुहारहरू हेर्दा सरकारले कुन दिशातर्फ यात्रा गरिरहेको छ भन्ने कुरा स्पष्ट भएको छ। यो विस्तारले शक्ति सन्तुलनभन्दा बढी, आफ्नो वफादारहरूलाई सन्तुष्ट पार्ने राजनीतिक समीकरण बलियो पारेको आभास दिन्छ`। एमाले नेत्ता महेस बस्नेतले आफ्नो फेसबुकमा लेखेका छन् ।

