२०८२ कात्तिक ९ नेपाल । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ माथि एक दर्जन आरोप र उजुरीमाथि अख्तियारले विस्तृत छानविन गरिरहेको नेकपा एमालेका नेत्ता महेस बस्स्नेतले आफ्नो फेसबुकमा लेखेका छन् ।
१. अकुत सम्पति आर्जन र सम्पति शुद्धीकरण। आफ्नो दाइ भाइको नाममा टेण्डल हार्डवेयर लगायत अन्य व्यापारमा लगानी गरेको। भतिजको नाममा करीब १ अर्ब रूपैयाको लामा कन्सट्रक्सन कम्पनीको शेयर खरीद गरेको ।
२. कोसी कोरिडोर सव-स्टेशन निर्माणमा करीब ८२ करोडको राज्यलाई हानी नोक्सानी पुर्याउने काम।
३. काठमाडौं लगायत अन्य शहरहरूमा स्मार्ट मिटर जडानमा भएको अनियमितता।
४. भूमिगत वितरण प्रणालीमा भएको अनियमितता।
५. सुदुर पश्चिम बझागं, बैतडी लगायत जिल्लाहरूमा भएको वितरण प्रणाली ठेक्कामा अनियमितता।
६. बॅाकी बक्यौता रहेका उद्योगहरूमा नियम विपरीत गैर कानुनी लाभ लिई थप लोड स्वीकृत गरेको ।
७. गैर कानूनी ढंगले प्रचलित कानूनले तोकेको राजस्व नलिई पिपिए गरेर राज्यलाई घाटा लगाएको ।
८. ट्रान्सफरमर, पोल लगायतका सामाग्री खरीदमा भ्रष्टाचार भएको।
९. त्रिसुली ३-बी हव सव-स्टेशनको ठेकेदारलाई कानून विपरीत बैकं जमानत फुकुवा गरी संस्थालाई हानी नोक्सानी पुर्याएको।
१०. चॅापागॅाउ सव-स्टेशनको लागि जग्गा अधिग्रहण नहुदै पावर ट्रान्सफरमर लगायत अन्य सामाग्री खरीद गरी प्रयोगविहीन अवस्थामा राखेर अनियमितता गरेको।
११. ढल्केवर सव-स्टेशन निर्माणको ठेक्कामा अनियमितता गरेको ।
१२. वाइवा इन्फ्राटेक कन्पनीलाई विधुत प्राधिकरणको करीब १५ अर्ब बराबरको ठेक्का मिलेमतोमा दिएको।
आफू एमडी हुँदा यति धेरै भ्रष्टाचारको केस लागेको छ अहिले पनि ऊर्जा मन्त्रालय भौतिक पूर्वाधार मन्त्रालय र सहरी विकास मन्त्रालय आफैले राखेर भ्रष्टाचार गर्दै बालेनसँग मिलेर नयाँ पार्टी बनाउने योजनामा छन्। नेकपा एमालेका नेत्ता महेस बस्नेतले आफ्नो फेसबुकमा लेखेका छन् ।

