२०८२ कात्तिक ६ नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको बताएका छन्।
मन्त्री कुलमान घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता रहेको र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने विभिन्न सामाजिक संजाल र सञ्चारमाध्यममा आएका समाचार भ्रमक सूचना भएको बताएका छन् । आफुलाई जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन्।