२०८२ कात्तिक ५ नेपाल । कास्की जिल्लाको विभिन्न स्थानहरुमा जुवातास खेलिरहेको सूचनाको आधारमा मिति: २०८२ कात्तिक ४ गते १६:३० बजेको समयमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले कास्कि जिल्ला पोखरा महानगरपालिका वडा नं.१६ माथिल्लो दिप बाट जुवातास खेलिरहेका ७ जना मानिसहरुलाई ४ बुक तास र नगद रु.२,९५,६७५/- (दुई लाख पन्चानब्बे हजार छ सय पचहत्तर रुपैया) सहित नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ् ।

हालसम्म २७ जना मानिसहरुलाई नगद रु.८,९७,७८०।- सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कि ले प्रेस बिज्ञप्ति जारी गरेर जनएको छ् । (क्रान्ति)