२०८२ कात्तिक ४ नेपाल । नेकपा (एमाले)को केन्द्रिय निर्देशन बमोजिम ´राष्ट्रिय युवा संघ नेपाल` लाई विभिन्न जिम्मेवारी प्रदान गरेको छ् । जिम्मेवारी मध्ये मुख्य तीनवटा जिम्मेवारीका कामहरू तिब्र गतिमा अगाडि बढाउन युवा संघ नेपालले जिम्मेवारी पाएको छ् ।
(क) जेन्जी आन्दोलन भड्काएर हिंसात्मक बनाउन मुख्य भूमिका खेलेका एनजीओ आइएनजीओ मार्फत देशलाई बर्बाद पार्ने विदेशी सँग आर्थिक लाभ लिने सबैको नाम र विवरण संकलन गर्ने काम सुरु भएको छ। एकजनालाई मात्र लिफ्ट प्रयोग गर्ने अनुमति भएको काठमाडौंको एक सरकारी कार्यालयमा को को बसेर देशको मुटु जलाउने योजना बनाए भन्ने डरलाग्दो सूचना पनि प्राप्त भएको छ।
(ख) भदौ २४ गते सरकारी र व्यक्तिगत सम्पत्ति तथा प्रहरी चौकी नष्ट गर्ने र तोडफोड गर्ने व्यक्तिहरूको विषयमा अहिलेसम्म ६ हजार ३ सय ४७ वटा भिडियो क्लिप र उनीहरूको व्यक्तिगत विवरण प्राप्त भएको छ। यसरी प्राप्त विवरणहरु विवरण बैंकमा राखिएको छ। अन्य विवरण पठाउन सबैमा अनुरोध गर्दछु ।
देश जलाएर बनेको अहिलेको सरकारले सरकारी र व्यक्तिगत सम्पत्तिमा आगजनी गर्ने र सुरक्षाकर्मीलाई मार्नेहरुको संरक्षण गर्ने नीति लिएको छ। अहिलेको सरकारले ती अपराधीलाई संरक्षण गरे पनि हामी उनीहरूलाई उन्मुक्ति दिने छैनौं। देशको रक्षा एमालेले गर्छ, जनताको रक्षा एमालेले गर्छ।
(ग) देशभरका प्रत्येक टोलमा डिजिटल जेनेरसन फोर्स (DG Force ) / टोल सुरक्षा समूह गठन गर्ने काम अघि बढाइएको छ । तिनले प्रहरीको मनोबल बढाउने र स्थानीय तवरमा भएका अपराध नियन्त्रणका लागि सहयोग गर्ने छ । श्रोत: नेकपा एमालेका नेत्ता महेस बस्नेतको फेसबुक पेज। (क्रान्ति)