२०८२ कात्तिक ४ नेपाल । कास्की जिल्लाको विभिन्न स्थानहरुमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा मिति:२०८२।०७।०१ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न समय र स्थानबाट जुवातास खेलिरहेको अवस्थामा जुवा तास खेल्ने खेलाउने समेत गरी २० जना मानिसहरु नगद रकम, तास तथा अन्य जुवा जन्य सामग्री सहित पक्राउ गरी अनुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाईएको जिल्लामा प्रहरी कास्की श्रोतले जनाएको छन ।

पक्राउ पर्नेमा मिति:२०८२।०७।०२ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार स्थितबाट जुवा तास खेलिरहेका र खेलाउने ५ जना मानिसहरुलाई पक्राउ गरिएको। निजहरुको साथबाट २१२ पत्ती तास र नगद रु. २,५१,४५५/- (दुई लाख एकाउन्न हजार चार सय पचपन्न रुपैया) बरामद गरिएको।

मिति:२०८२।०७/०३ गते विहान १०:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २६ बिजयपुर स्थित लप्सीबोट सामुदायिक जंगलमा कौडा खेलिरहेको र खेलाउने ७ जना मानिसहरुलाई पक्राउ गरिएको। निजहरुको साथबाट १४ थान कौडाको गोट्टी र नगद रु.७७, २०५।- (सतहत्तर हजार दुई सय पाँच रुपैया) बरामद गरिएको।

मिति: २०८२।०७/०३ गते अं. २३:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ मोहरिया टोल स्थितबाट जुवातास खेलिरहेका र खेलाउने ८ जना मानिसहरुलाई पक्राउ गरिएको। निजहरुको साथबाट ६ बुक तास र नगद रु.२,७३,४४५/- (दुई लाख त्रिहत्तर हजार चार सय पैचालिस रुपैया) बरामद गरिएको। जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस बिज्ञप्ति जारी गरेर जनाएको छ् । (क्रान्ति)