२०८२ कात्तिक ३ नेपाल । मिति २०८२।०७/०२ गते अं.१८:४० बजे जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा स्थितमा नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको नं. नखुलेको सवारी साधनले अंन्दाजी ५५ बर्षका पुरुष व्यक्तिलाई ठक्कर दिई घाइते बनाई फरार रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बगर कास्की बाट प्रहरी टोली खटिई घाईतेलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएकोमा चिकित्सकद्वारा उपचारको क्रममा मृत घोषणा गरेको थियो।

ठक्कर दिने सवारी साधनको सम्बन्धमा प्रहरीले अनुसन्धान तथा खोजतलास गर्दै आज मिति २०८२।०७/०३ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १० रंङ्गशाला गेट अगाडीबाट घटनामा संलग्न ग १ ज ७११० नं. को सुमो गाडी सहित चालक जिल्ला पर्वत मोदी गाउँपालिका वडा नं. १ भुकक्ताले घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १५ फुलवारी बस्ने वर्ष २८ को शुशिल सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कास्कीले प्रेस बिज्ञप्ति जारी गर्दै जनाएको छ् । (क्रान्ति)