२०८२ कात्तिक ३ नेपाल । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट को, कहाँबाट, कहिले कति जना पक्राउ परे प्रहरीले सार्वजनिक गरेको छ् ।पक्राउ पर्नेमा
सुनसरी: रामधुनी नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुमन कुमार चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले सुमन कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, ईनरुवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम ६ सय ९० मिलिग्राम र नगद १६ हजार रूपैयाँ सहित इटहरी उपमहानगरपालिका-१८ बस्ने ३४ वर्षीय राजु चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा: वीरगंज महानगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २३ हजार ८ सय ८० ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका-५ बस्ने १९ वर्षीय पुशपेन्द्र राज पाण्डे र भारत बिहार पुर्वी चम्पारण थाना रक्सौल प्रसौनी तपसी टोल बस्ने १९ वर्षीय सचिन कुमार रहेका छन् । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर: हेटौंडा उपमहानगरपालिका-११ नमुनाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल घर भएका १९ वर्षीय सुगम साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
दाङ: तुलसीपुर उपमहानगरपालिका-५ आलुमन्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ बेलुवा बस्ने २३ वर्षीय सन्देश प्रेमी पुन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ: विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-३ श्रीजंग टोल बस्ने ४६ वर्षीय बाल कुमार राई र इलाम घर भएकी २२ वर्षीया मनिषा राई रहेका छन् । इलाका प्रहरी कार्यालय रानिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३ प ३२३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।पक्राउ परेकाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ् । नेपाल प्रहरी समचार
