२०८२ कात्तिक २ नेपाल । नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले मिति २०८२ आश्विन ३१ गते पोखरा स्थित श्री पश्चिम पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गर्नु गरेका छन् ।

निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले उक्त पृतना तथा युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

भ्रमणको दौरान प्रधान सेनापतिले आजै पोखरा स्थित सैनिक अस्पतालको समेत निरीक्षण गर्नु भएको थियो । (नेपाली सेना)