२०८२ कात्तिक २ नेपाल । प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति हुनु भएका उपरथी श्री गणेश कुमार श्रेष्ठलाई आज मिति: २०८२ कार्तिक ०२ गते रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
उहाँ नेपाल सरकार, मन्त्री परिषद्को निर्णय बमोजिम मिति २०८२ आश्विन ३० गतेको मितिबाट रथी दर्जामा पदोन्नति हुनु भएको हो । पदोन्नतिसँगै रथी श्रेष्ठ बलाध्यक्षमा नियुक्त हुनु भएको छ ।
दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति हुनु भएका रथीबृन्दको परिवारजनको उपस्थिति थियो । (नेपाली सेना)
