२०८२ कात्तिक २ नेपाल । मिति २०८२।०५।२३ र २४ मा भएको जेनजी आन्दोलनको क्रममा भएको आगजनी एवं तोडफोडका कारणबाट काठमाडौं जिल्ला अदालतको भवनमा पर्न गएको क्षतीको कारणबाट आउन सक्ने सुरक्षा चुनौती समेतलाई मध्येनजर गर्दै अदालतको सेवाप्रवाह तत्काल संकुचित रुपमा सुचारु भएको छ् । हाल सुचारु रहेका सेवाहरुः म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पूर्जी स्वीकृती पक्राउ पूर्जी अनुमति,बन्दीप्रत्यक्षीकरणको निवेदन, अभियोगपत्र साथ उपस्थित गराइएका प्रतिवादीहरुको बयान एवं थुनछेक, दर्ताद्धारा विवाह, अधिकृत वारेशनामा, मृत्युको न्यायिक घोषणा, संरक्षक नियुक्ति, विशेष प्रकृतिका निवेदनहरुको दर्ता तथा कारवाही।
मिति:२०८२/७/९ गतेदेखि थप सुचारु हुने सेवाहरुः दुबै पक्षको सहमतीमा मिलापत्र हुने प्रयोजनका लागि फिरादपत्र, प्रतिउत्तरपत्र तथा मिलापत्रको दरखास्तपत्र सहित दर्ता हुन आएका सम्बन्ध विच्छेद मुद्दाका नयाँ फिरादपत्र तथा प्रतिउत्तपत्र दर्ता।
मिति: २०८२।०५।२३ गतेदेखि अर्को सूचना प्रकाशित गरी नियमित सेवा सुचारु नभए सम्मको लागि मुद्दाका पक्षहरुको तारेख गुज्रिएको पटक कायम नहुने, म्याद हदम्याद नगुज्रिने।
सर्वोच्च अदालत बृहत पूर्ण इजलासबाट मुद्दा नं ०७६-RE-०३९२ समेतका मुद्दामा मिति: २०७७।२।१५ मा भएको आदेश बमोजिम उल्लेखित कर्फ्यू/निषेधाज्ञा हटी आवतजावतको अवस्थामा सहज भई यस अदालतको काम कारबाही सुचारु भएको मितिले बाटोको म्याद बाहेक ३० दिनभित्र अदालतमा उपस्थित हुन सक्ने। (क्रान्ति)