२०८२ कात्तिक १ नेपाल नेकपा एमालेका नेत्ता महेस बस्नेतले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन बारे आफ्नो धारणाहरु फेसबुक बाट स्पष्ट पारेका छन् । बस्नेतले आफ्नो फेसबुकमा लेखेका छन् भदौ २४ गतेका बिध्वंशको स्टेक होल्डरहरु प्रचण्ड, सुसिला कार्की, बालेन साहलाई देखाए छन् ।

प्रचन्ड – ´बिध्वंशबाट सरकार ढलेपछी आफु प्रम बन्ने प्रचन्डको तयारी थियो । यसै शिलसिलामा रबिलाइ भेटेर सल्लाह गर्न उनी जेल समेत गएका थिए । २४ गते को ध्वंसमा कार्यकर्ता र वाइसियल परिचालन गरिएको थियो` ।

रबि लामिछाने – ´बिद्रोह पछी जेलबाट निस्केर प्रधानमन्त्री बन्ने रबिको दाउ थियो । रास्वपाहरु २४ गते परिचालन गरियो । जेलबाट सिधै सिंघदरवार ल्याएर प्रम बनाउने कुरा थियो । तर बालेन तगारो बने । जेल बाहिर निस्केका रबिलाइ निरन्तर लखेटेर पुन जेल खेदाउने काम बालेन टिमले गरेको हो` ।

बालेन साह – ´बिद्रोह पछि पूर्व राष्ट्रपति बिद्या भन्डारीलाइ प्रम बनाउने बालेन साह र सुशिला कार्कीको योजना थियो । बिध्या भन्डारी र बालेन साहको भेटघाट सुशिला कार्किले नै मिलाइदिएको हो । पछि बालेनको कार्यकर्ता केपि खनालको चिया पसलमा चिया पिउन समेत बिद्या भन्डारी जानु भएको थियो । बालेनले नै चिनाएको हो` ।

´त्यस पछी संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरेर आफू निर्वाचन पछाडि प्रधानमन्त्री बन्ने योजना बनाउन चाहन्थे`।

´शेखर कोइराला र उनी निकट काँग्रेस नेताहरु – बिद्रोहबाट ओलि सरकार ढालेपछी र देउवालाइ सकेसम्म ज्यानै लिएपछि सॅसदको ठूलो दलको नाताले म प्रधानमन्त्री बन्छु भन्ने उनको दाउ थियो । त्यो बालेनले तुहाइदिए सॅसद बिघटन गराइदिएर ।

यि सबैका आफ्ना आफ्नै दाउ थियो तर एक अर्कामा कोअर्डिनेसन थिएन । त्यसैले तिनका कार्यकर्ता एकले अर्काका घर जलाए । प्रचन्डको घर र कार्यालय जलेको मात्र हो । पहिल्यै महत्वपुर्ण सामान र पैसा सारिएकै हो`।

´यी सबै व्यक्तित्वहरू जानेर या नजानेर विदेशीका खेताला र गोठाला भएकै हुन्`। महेस बस्नेतले आफ्नो फेसबुक पेजमा लेखेका छन् । (क्रान्ति)