२०८२ असोज ३१ नेपाल । नेपाल कम्युनिस्ट पार्टी (विप्लव सि) ले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बर्तमान समस्याको एक कारण औल्याएको छ् ।

असोज २५ देखि ३० गतेसम्म कपिलवस्तुस्थित शिवगढीमा सम्पन्न केन्द्रीय समितिको विशेष बैठकले उक्त निष्कर्ष निकालेको विशेष श्रोतले बताएको छ् । बैठक “विशेष परिस्थितिको विशेष कार्यभार” सम्बन्धी राजनीतिक प्रतिवेदन पारित गर्न बसेको थियो।

उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको स्थायी समिति सदस्य अनिल शर्मा ‘विरही’ले बताएका छन् ।

बिरहिका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा देखिएको विध्वंसका पछाडि “आन्तरिक र बाह्य दुई कारण रहेको छ् । भ्रष्टाचारविरुद्ध उठेका शक्तिलाई बाइपास गर्दै बनेको निर्दलीय सरकार नै वर्तमान संकटको कारण रहेको नेकपा श्रोतले जनाएको छ् ।

नेकपा (विप्लव सि)ले तिहारपछि जनसंघर्षका कार्यक्रम गर्ने र जनसंघर्षका कार्यक्रम आगामी बस्ने स्थायी समिति बैठकले टुंग्याउने निर्णय गरेको छ बिरहीले बताएका छन् । (क्रान्ति)