२०८२ असोज ३१ नेपाल । “नेपालका अधिकाम्स अस्पतालमा बिरामीको रेखदेख गर्नजाने बिरामी कुरुवा चिसो भुइँमा गुन्द्री, म्याट, टाट बिछ्याएर सुत्नु पर्ने बाध्यता रहेको छ् ।

चिसो भुईमा सुत्नुपर्दा चिसोको कारण बिरामी कुरुवा आफैं बिरामी पर्छन् । अस्पतालको संरचना बनाउदा बिरामी कुरुवालाई सुत्ने खाटको ब्यबस्था गरेको पाईदैन।

प्राय सवै अस्पतालमा बिरामी कुरुवा भुइँमा सुत्नुपर्ने बाध्यता रहेछ् । टाढाटाढा बाट आएका सर्वसाधारण आफ्ना बिरामी मान्छे निको नभए सम्म कुरेर महिनौं सम्म अस्पताल बस्नुपर्ने हुन्छ ।

महिनौं सम्म चिसो भुईमा सुत्नुपर्दा बिरामी कुरुवानै बिरामी पर्छन् । बिरामी कुरुवाले राम्रो सग सुत्ने बेड नपाउदा कुरुवालाई मानसिक र शारीरिक थकान पैदा त हुन्छ्नै बिरामी कुरुवानै बिरामिनै हुन्छन् ।

जसको कारण बिरामी कुरुवा अस्पतालको सेवा प्रति सन्तुष्टि देखिदैनन । यो बिषय सामान्य भएपनि बिरामी कुर्नेले भोगेको पीडा सामान्य छैन् “। (क्रान्ति)