२०८२ असोज ३० नेपाल । नेपाल नागरिक उड्डयन प्राधिकरणले बबरमहलस्थित आफ्नो भवन काठमाडौं जिल्ला अदालतलाई ससर्त उपलब्ध गराउने समझदारी भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिहरु सँगको संयुक्त बैठकमा समझदारी भएको हो ।
जेनजीको आन्दोलनको क्रममा भएको आगजनी तोडफोडले काठमाडौं जिल्ला अदालतको भवन क्षतिग्रस्त भएर तत्काल बस्न अयोग्य भएको, पुन निर्माण र मर्मत गर्न समय लाग्ने भएपछि वैकल्पिक उपायको लागि नागरिक उड्डयन प्राधिकरणको भवनको प्रयोग गर्नेबारे बैठकमा छलफल भएर सहमति भएको छ् । उड्डयन प्राधिकरणको भवन पनि जलेर क्षेती भएको छ् । उक्त भबन रंगरोगन र मर्मत गर्ने कार्य भईरहेको छ् ।
बैठकमा प्रधानमन्त्री सुसिला कार्कीले अदालतको सेवा रोक्न नमिल्ने भएकाले अदालत र प्राधिकरणबीच समझदारी कायम गरेर भवन प्रयोगको व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन् ।
अब प्राधिकरणले तत्कालका लागि ससर्त सहित जिल्ला अदालतलाई भवन उपलब्ध गराउने समझदारी भएको छ् । समझदारी भए सगै अब नागरिक उड्डयन प्राधिकरणको भवन सर्तसहित काठमाडौं जिल्ला अदालतले प्रयोग गर्नेछ् ।
(क्रान्ति)