२०८२ असोज २७ नेपाल । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाममा चन्दा संकलन गर्ने गरेको पाईएको भन्दै त्यस्तो कार्य नगर्न नगराउन सचेत गराएको छ ।आज प्रधानमन्त्रीको कार्यलयले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुसिला कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन समेत दिएको प्रेस बिज्ञप्तिमा उल्लेख रहेको छ ।
´हालै विभिन्न जिल्ला तथा क्षेत्रहरूमा केही व्यक्ति वा समूहले सम्माननीय प्रधानमन्त्रीज्यू तथा यस कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामौजिक कार्यका लागि भन्दै चन्दा, सहयोग रकम वा आर्थिक दान माग/सङ्कलन गरिरहेको भन्ने जानकारी प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।
उपरोक्त सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यू तथा यस कार्यालयको तर्फवाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई अनुमति नदिइएको र यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्ता कार्यको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न अनुरोध छ।
यस कार्यालय र सम्माननीय प्रधानमन्त्रीज्यूको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा यस्ता कार्यलाई कानूनी दायरामा ल्याउन तुरुन्त नजिकको स्थानीय प्रशासन/प्रहरी कार्यालय वा यस कार्यालयमा तत्काल जानकारी गराउन हुन अनुरोध गरिन्छ। साथै, नेपालबाहिर बसी कसैले त्यस्तो अनाधिकृत गतिविधि गरेको सूचना वा जानकारी भएमा सम्बन्धित देशमा रहेको नेपाली नियोग वा यस कार्यालयमा जानकारी गराइदिनु हुन समेत अनुरोध छ्`। प्रधानमन्त्रीको मन्त्रीपरिषदको कार्यलय द्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ् । (क्रान्ति)