२०८२ असोज २७ नेपाल । मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा १५ मा व्यवस्था भए बमोजिम हिरासतमा रहेको व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने सम्बन्धमा(Anticipatory Bail) आवश्यक निकासा दिनु भनी सम्मानित श्री सर्वोच्च अदालतबाट आदेश भएको छ।
उक्त दफा बमोजिम अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई अनुसन्धानको सिलसिलामा हिरासतमा राखिएको अवस्थामा त्यस्तो व्यक्तिबाट धरौट वा जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्ने कानुनी व्यवस्था रहेको छ। (क्रान्ति)