२०८२ असोज २७ नेपाल । भदौ २३ र २४ गतेको जेनजीको प्रर्दसनमा पसेर सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौ जिल्ला अदालत, काठमाडौ सिडिओ अफिस, लगाएत सरकारी कार्यलय, ब्यापारी कम्प्लेक्स, ब्यक्तिका निवास तोडफोड आगजनी गरेर नेपालमा विध्वंस मच्काउने काठमाडौंका मेयर बालेन्द्र साह र सुदन गुरुङका मान्छे भएको नेकपा एमालेका नेत्ता महेस बस्नेतले आफ्नो फेसबुक वालमा लेख लेखेका छन् ।
´आन्दोलन काङ्ग्रेस निकट नेविसंघले बालेन शाह र सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। त्यसअघि २३ गतेका घटनामा १९ जनाको मृत्यु भयो र केही घाइते थपिए। त्यसै आधारमा सुदन गुरुङ समूहले पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई समेत दोषी ठहर्याउँदै जाहेरी दिएको थियो।
तर नेपालको संविधान र कानुन अनुसार बल प्रयोग गर्ने अधिकार जिल्ला सुरक्षा समितिको हुन्छ, प्रधानमन्त्री वा गृहमन्त्रीको होइन। त्यसैले आरोप लगाउनुअघि कानुनी संरचना बुझ्न जरुरी छ।
त्यसमाथि सशस्त्र समूह, स्नाइपर र शार्पसुटरहरूको घुसपेट भएको तथ्य गम्भीर छ। यो विषयमा निष्पक्ष र सार्वजनिक छानबिन हुनैपर्छ।
सबैभन्दा गम्भीर प्रश्न ।
२४ गते प्रहरी र सेनाले बन्दुक फालेर मैदान छाडेपछि मरेकाहरूलाई पनि ‘राज्यले मारेको’ भन्न मिल्छ र?
ति ५५ जनालाई कसले मार्यो?
यो सरकारकहाँ त्यसको आधिकारिक डाटा छैन, किनभने त्यो सार्वजनिक भयो भने गृह मन्त्रालय नै नाङ्गो पर्छ।
२४ गते आगो लगाउने, लुट्ने, पसल डढाउने, सरकारी कार्यालय तोडफोड गर्नेहरूमा बालेन–सुदन समूहकै मान्छे थिए। अहिले त्यही समूह गृह मन्त्रालय सम्हालेर ‘सहीद’ घोषणा गर्ने खेल खेल्दैछ।
अब प्रश्न उठ्छ ।
लुट्ने, चोर्ने, देशको सम्पत्ति जलाउने पनि सहीद?
कुन आधारमा सहीद घोषणा भइरहेको छ?
त्यसैले हामी माग गर्छौं ।
जेनजी आन्दोलनका वास्तविक (ओरिजिनल) सहिदहरू छान्नका लागि उच्चस्तरीय छानबिन समिति बनाऊ।
त्यो समितिले प्रमाणका आधारमा नाम, ठेगाना र मृत्युको विवरणसहित राजपत्रमा प्रकाशित गरियोस्।
त्यसपछि मात्र हामी श्रद्धाञ्जली दिनेछौं, झूटा सहिद लाई त कसरी श्रद्धाञ्जली दिनु`। नेकपा एमालेका नेत्ता महेस बस्नेतले आफ्नो फेसबुकमा पोस्ट गरेका छन् । (क्रान्ति)