२०८२ असोज २५ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो स्वास्थ्य अवस्था समस्या आएपछि आज अस्पतालले भर्ना भएका थिए ।

आज स्वास्थ्यमा समस्या आएपछि बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।

अस्पतालमा भर्ना भएका पौडेलको स्वास्थ्य परीक्षण गरेपछि पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

´सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ । हाल सम्माननीयज्यूको स्वास्थ्य परिक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौं`। अस्पतालले जारी गरिएको बिज्ञप्तिमा भनिएको छ् । (क्रान्ति)