२०८२ असोज २५ काठमाडौं । काठमाडौं उपत्यका भित्र कुनैपनि सभा जुलुस धर्ना आमसभा कोणसभा लगाएत कुनैपनि सार्वजनिक कार्यक्रम गर्नु पर्यो भने जिल्ला प्रशासन कार्यलय काठमाडौंको अनुमती चाहिने भएको छ् । कार्यक्रम गर्नुभन्दा पहिले आयोजकले सवैभन्दा पहिले सिडिओलाई सूचना जानकारी दिनुपर्ने भएको छ् ।

´मिति २०८२/०६/२५ गते शनिवारका दिन फरक फरक समूहहरुले काठमाडौं जिल्लाका विभिन्न स्थानहरुमा मोटरसाईकल ऱ्याली तथा सभा गर्ने भनी सूचना प्राप्त हुन आएको छ। गत भाद्र २३ गतेको Gen Z आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरुमा भएको क्षति समेतका घटनाहरु हुन पुगेको यहाँहरु सबैलाई विदितै छ। शान्ति सुरक्षाको स्थिति बनाईराख, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारु गर्ने कार्यहरु शुरु भएका छन्। यसै सिलसिलामा विभिन्न समूहहरुबाट हुने भनिएका ऱ्याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयवाट त्यस प्रकारका कुनै पनि यली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ। अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को, व्यवस्था बमोजिम यो सूचना सम्वद्ध सबैलाई जान‌कारीका लागि प्रेषित गरिएको छ् । जिल्ला प्रशासन कार्यलय काठमाडौले जारी गरेको पत्रमा भनिएको छ् । (क्रान्ति)