२०८२ असोज २४ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा सरकारी दमनमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन नमान्ने बताएका छन् ।
आज भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा ओलीले यो गौरीको आयोग र गौरीले तयार पार्ने प्रतिवेदन नस्वीकार्ने बताएका छन् । ‘ गौरी पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्दै कमेन्ट पोस्ट गर्ने मान्छे हो।
सुसिला कार्की नेतृत्वको सरकारले २३ भदौको जेनजी विद्रोहमाथि सरकारी दमनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ । जेनजी विद्रोहका क्रममा कार्कीले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले नेताहरुले व्यापक असन्तुष्टि जनाइरहेका छन् । गौरी बहादुर आयोग नक्कली आयोग हो। (क्रान्ति)
