सेयर बजार नेप्से २२.५९ अकंले बढ्यो, जेनजी आन्दोलनको कारण लगानीकर्ता अतालिए
२०८२ असोज २३ काठमाडौं । दशैंपछि खुलेको सेयर बजार लगातार दुई दिन दोहोरो अंकको गिरावट आएर आज बजार पुन सम्हालिन पुगेको छ् । साताको तेस्रो कारोबारको दिन आज बजार २२.५९ अंकले बढेर २५८२.१८ बिन्दुमा अड्किएको छ । सेयर कारोबार ५ अर्व बढिको भएको छ ।
जेनजी आन्दोलनको रापताप बाट बनेको सुसिला कार्की नेतृत्वको चुनावी सरकार माथी बिश्वासको संकट पैदा भएको छ् । सेयर लगानीकर्त्ता जेनजी आन्दोलनको क्रममा देशमा सरकारी कार्यलय र ब्यक्तिको निजि निवास, ब्यापारी कम्प्लेक्समा तोडफोडमा आगजनी हुँदा अर्वौ अर्वको क्षेती भएको छ । लगतै देसमा आएको बाढी पहिरोले नेपाललाई अर्को चोट थपिदियो र अर्वौको क्षेतीको भार देशलाई थपिदियो। जेनजी आन्दोलन र बाढिपहिरोमा धेरै मानबिय क्षेती समेत भयो।
जसको कारण सेयर बजारका लगानीकर्ता अत्तालिएर सेयर बेच्दा सेयर बजार नेप्से निरन्तर घटिरहेको देखिन्छ । जेनजी आन्दोलनको कारण नेप्से धेरै अकंले घट्ने अनुमानबाजि गरिदै आएको छ। देशमा हुने आन्दोलनको प्रत्यक्ष असर सेयर बजारमा देखिने गरेको छ् (क्रान्ति)