२०८२ असोज २३ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले नेकपा एमाले संसद पुनर्स्थापनको माग लिएर अगाडि बढ्ने बताएका छन् ।
भक्तपुर एमालेले गुण्डुमा गरेको कार्यक्रममा ओलीले लोकतन्त्रको पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने जिकिर गरेका हुन् ।
संसद् विघटन असंवैधानिक छ, गैरकानूनी छ, अलोकतान्त्रिक छ, देश हितका विरुद्धमा छ ओलिले भनेका छन् ।
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै हामी सडकमा आउँछौ। एमाले पार्टीले आन्दोलनको आँधी तुफान सिर्जना गरेर बढ्नेछ उनले भने ।
सुशीला कार्कीको प्रधानमन्त्री बन्ने रहर र अडानले प्रतिनिधि सभा असंवैधानिक ढंगले विघटन गरिएको छ, संसद् विघटन गर्ने अधिकार, संविधान मिच्ने अधिकार, प्रधान न्यायाधीश भैईसकेको मान्छेलाई कसरी बुद्धि आयो । केपि ओलिले भनेका छन् । (क्रान्ति)