२२ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् ।

आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर बस्नेतले हिम्मत भए पक्राउ गर्न चुनौती दिएका हुन् । केपि ओलिलाई पक्राउ गरे सुसिला कार्की नेतृत्वको सरकारको हालत के हुन्छ पक्राउ गरेपछि थाहा हुने समेत बस्नेतले चेतावनी दिएका छन् ।

जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा ओलि माथि केही जेनजीका नेत्ता भनिने अगुवाहरुले प्रहरीमा उजुरी दिन गएका थिए । सो उजुरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको थियो । उजुरी परेको भोलिपल्ट महेस बस्नेतले केपि ओलीलाई पक्राउ गरेर देखाउन चुनौति दिएका छन् ।

केपि ओलि सहित शिर्ष ठुला नेत्ताको सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको विषयमा अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नामै लिएर पहिले उनीहरुबाट अनुसन्धान सुरु गर्नुपर्ने बताएका छन् ।(क्रान्ति)