२०८२ असोज २२ काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देस भर सवै ठाउँमा जाहेरी दिने तयारी गरेको छ ।

जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा निजि सम्पत्ति तोडफोड र आगजनीमा बालेन्द्र साह र सुदन गुरुङको हात रहेको भन्दै जाहेरी दिन लागेको अखिलले जनाएको छ ।

सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी गरेको किटानी सहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने अखिलका महासचिव दीपक धामीले बताएका छन् । केन्द्रको समन्वयमा प्रत्येक जिल्ला जिल्लामा आजदेखिनै जाहेरी दिन सुरु गर्ने उनले बताएका छन् ।

यसअघि असोज २१ गते मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएको थियो । तर अखिलको जाहेरी बारे प्रहरीले निर्णय गर्न सकेको छैन् ।(क्रान्ति)