२०८२ असोज २१ काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा जेनजी आन्दोलनमा घुसपैठ भएर काठमाडौं जिल्ला अदालतमा गरिएको आगजनीको कारण काठमाडौं जिल्ला अदालत तत्काललाई बस्न अयोग्य भएको छ ।

अदालतको भुईतलामा भएको अभिलेखका कागजपत्र र पुराना सवारी साधनमा आगजनीको कारण भवनको भुईतला र पिल्लरमा आगोले गम्भीर क्षेती पुर्याएको कारण तत्काललाई अदालतको भवनमा बस्न असुरक्षित रहेको भन्दै भवन बिभागका प्राविधिक टोलिले खतराको चिन्ह भएको रातो स्टीकर अदालतको भित्तामा टासिदिएका छन् ।

भवनमा बस्न असुरक्षित भएपछि सेवा संचालनको लागि बैकल्पिक भवनको खोजीमा रहेको र अदालत रेक्टोफिटिङ्ग गरेर बनाउन मिल्ने अवस्थामा करिबकरिब एक डेढ बर्ष लाग्न सक्ने अदालतका प्रशासन अधिकृत दिपक श्रेष्ठले मौखिक जानकारी दिएका छन् । (क्रान्ति)