२०८२ असोज १९ काठमाडौं । “नेपालका सरकारी र सामुदायिक स्कुलमा १० कक्षा सम्म र धेरै कलेजमा नेपाल सरकारले विद्यार्थीलाई करिबकरिब निशुल्क जस्तै शिक्षा सेवा दिईरहेको छ । तर कयौं सरकारी स्कुलमा विद्यार्थी छैनन् शिक्षक मात्रै छन् । ती सरकारी स्कुल कलेजमा विद्यार्थीले अध्यन गरेर शैक्षिक प्रमाणपत्र प्राप्त गरे पनि भबिस्यमा के काम गरेर जिविका चलाउने भन्ने बारे विद्यार्थी अन्योल र रनभुल्लमा परेको स्पष्ट देखिन्छ । शिक्षा दिने शैक्षिक प्रतिष्ठानले यो बिषयमा स्पष्ट पार्न सकेको देखिन्न। आखिर किन यस्तो भैईरहेको छ् “? देश चलाउनेहरु, शैक्षिक प्रतिष्ठानहरु र शिक्षा मन्त्रालयले विद्यार्थीहरुलाई शिपमुलक, उत्पादनमुलक, ब्यबहारिक बैज्ञानिक शिक्षा दिनुपर्छ भन्ने कुरा थाहा हुँदाहुँदै थाहा नपाएको जसरी बसेका छन् ” ।
“आज कति ठाउँका स्कुलमा विद्यार्थी नगएपछी सरकारी स्कुल गाभ्ने काम भैईरहेको छ। भने त्यही ठाउँमा रहेका बोर्डिङ स्कुलमा विद्यार्थी भरिभराउ देखिन्छन् र महँगो शुल्क तिरेर निजि बोर्डिङ स्कुलमा आफ्ना बाल बच्चा अभिभावकहरुले पढाईरहेका छन् । आफ्नो बालबच्चा आफुखुसी आफुले चाहेको जुनसुकै पाठसालामा पढाउन पाउने आम नागरिक अभिभावकको अधिकार् नेपालको संविधानले दिएको छ्” ।
“सरकारी स्कुलमा पढाउने शिक्षक लोकसेवा पास गरेर शिक्षकमा नियुक्त भएका हुन्छन् । सरकारले शिक्षकका ६,७ जना परिवारलाई खाना लाउन पुग्ने तलव दिएकै छ र भबिस्यमा पेन्सन समेत दिएको छ् । कुनै महाअपराध नलागे सम्म सरकारी शिक्षकलाई जागिरबाट हटाउन सक्दैनन् । तैपनि सरकारी स्कुलमा शिक्षाको गुणस्तर कमजोर किन हुन्छ ? सरकारी स्कुल कलेजले गुणस्तरीय शिक्षा दिए नेपालमा संचालित निजि बोर्डिङ स्कुल कलेज सवै बन्द हुनेछन्”।
“अर्कोतिर निजि बोर्डिङ स्कुलमा पढाउने शिक्षकले नत लोकसेवा दिएका हुन्छन् , नत लोकसेवा पासनै गरेका हुन्छन् उस्तै परे लोकसेवा परिक्षा दिदा दिदा फेल भएर जिवीका धान्न बोर्डिङ स्कुल पढाउन आएका हुन्छन् । निजि बोर्डिङ स्कुलमा पढाउने शिक्षकले खाना लाउन पुग्ने तलव बोर्डिङ स्कुलबाट पाएका हुँदैन । उनीहरुलाई जागिरबाट स्कुल संचालकले जतिसुकै बेला हटाईदिन सक्छन् । तैपनि निजि बोर्डिङ स्कुलको शिक्षाको गुणस्तर समग्रमा राम्रो पाईन्छ”।
“नेपालका सरकारी स्कुल कलेजमा करिबकरिब शिक्षा निशुल्क जस्तै छ तर कति सरकारी स्कुल रित्ता छन। आखिर किन यस्तो भैईरहेको छ ? ” जिम्मेवार ब्यक्ति समूहले जानीजानी सरकारी स्कुल कलेजको शिक्षाको गुणस्तर कमजोर बनाईदिने र शिक्षाको गुणस्तर नराम्रो भए पछी जहाँ राम्रो शिक्षा हुन्छ त्यतै अभिभावकले आफ्ना बालबच्चा पढाउनेछन भन्ने भावना बिचार र शासकहरुको बैकल्पित कमाउने धन्दा हो “।
“निशुल्क शिक्षा अभियान सफल पार्न गुणस्तरीय शिक्षामा जोड दिऔं भन्ने बिषय सरकारलाई सवै कुरा राम्रोसँग थाहा छ तर शासकहरु बुझपचाएर कस्ले के गर्न सक्छ गर भनेर बसेको देखिन्छ। सरकारी स्कुल कलेजले गुणस्तरीय शिक्षा दिन सके शिक्षाको नाममा नेपाल बाट बिदेशीने अर्वौ पैसा नेपाली रुपैयाँ नेपालले बचत गर्न सक्नेछ” ।
“नेपालमा निशुल्क स्वास्थ्य सेवा दिन स्वास्थ्य बिमा लागू गरे भैइहाल्छ । निशुल्क शिक्षा सेवा दिन सरकारी स्कुल कलेको संख्या क्रमशः बढाउदै सरकारी स्कुल कलेजको शिक्षाको गुणस्तर राम्रो बनाए भैईहाल्छ” । (क्रान्ति)