२०८२ असोज १८ काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय सिंहदरवार, काठमाडौं जल तथा मौसम विज्ञान विभाग तया राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तया व्यवस्थापन प्राधिकरणले असोज १९ र २० गते सार्वजनिक बिदा दिने सूचना पत्र जारी गरेको छ । सूचना पत्रमा भनिएको छ:

´जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणवाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको र हाल देशका विभिन्न भागमा वर्षा समेत भैरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध भएको छ।

वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुवान, भू-क्षय लगायतका जोखिमको साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतीसमेत हुनसक्ने सम्भावनालाई मध्यनजर गरी २०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु वाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। उक्त अवधिभर अत्यावश्यक काम नपरी घर वाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन सबै नागरिकसँग मन्त्रालय हार्दिक अनुरोध समेत गर्दछ ।` (क्रान्ति)