२०८२ असोज १६ काठमाडौं । ” फेसबुक युट्युव टिकट्क लागएत विभिन्न सामाजिक संजाल नेपालीहरुको लागि मनोरञ्जनको माध्यम समेत बनेको छ । सामाजिक संजाल चलाउन नेपाली नागरिकले डलर कार्ड किन्ने गतिविधि दिनप्रतिदिन बढ्दो देखिन्छ । डलर प्रीपेड कार्ड बेच्ने नेपालका बाणिज्य बैंक रहेको देखिन्छ। सामाजिक संजाल चलाउन गैरकानुनी ढ्ङले डलर खरिद गरेर ब्यक्तिगत कारोबार समेत गरेकोत छैन भन्ने आसंखा पनि रहेको छ”। सामाजिक संजालबाट कोहिकसैले आईडी खोलेर आफुलाई रिस उठने, आफुलाई मननपर्ने ब्यक्तिलाई डर त्रास धाक धम्की दिने, गाली बेईजेती गर्ने अस्लिल फोटो भिडियो बनाउने पोस्ट कमेन्ट गरेर चरित्र हत्या समेत गरिदै आएको देखिन्छ ।
“नेपालमा सामाजिक संजाल फेसबुक युट्युव ट्विटर टिकट्क लगाएतलाई माध्यम बनाएर बिज्ञापन बुष्ट गर्ने गतिविधि दिनप्रतिदिन बढदो छ । बिज्ञापन बुस्ट बाट फेसबुकले नेपाल बाट राम्रो आम्दानी समेत गरेको देखिन्छ । फेसबुकले नेपालाई बिज्ञापन बुस्टको लागी दीर्घकालीन राम्रो ब्यापारी केन्द्र (ग्रीन जोन)को रुपमा लिएको पाईन्छ । फेसबुकबाट बुष्ट गर्दा राम्रा आकर्षक फोटो हालेर विभिन्न छुट, बोनस सुविधा सहितको बिज्ञापन बुस्ट भैरहेको देखिन्छ । फेसबुकमा बुष्ट गरिएको बिज्ञापन सामग्री फेसबुक चलाउनेको आईडीमा फेसबुकले ´स्पोन्सर` भन्दै देखाएर फेसबुक प्रयोगकर्तालाई लोभ्याउन्छ । बिज्ञापन बुस्ट बापत लाग्ने दस्तुर नेपाली बैंकहरुले फेसबुकको खातामा अनलाइन सिस्टम बाट हालिदिने गरेका छन । नेपालबाट फेसबुकले बार्षिक अर्वौ लान सक्ने विभिन्न अध्यन अनुसन्धानले देखाएको छ ।”
“सामाजिक संजाल फेसबुकमा बिज्ञापन बुष्ट गर्न बार्षिक ५०० अमेरिकन डलर प्रीपेड कार्डको सुविधा नेपालका बाणिज्य बैंकले दिदै आएका छन । ५०० को डलर कार्ड प्रयोग गरेर सकिए पछि विभिन्न बैंकमा एकै ब्यक्तिले खाता खोलेर धेरै वटा डलर प्रीपेड कार्ड समेत लिएर प्रयोग गरेको पाईन्छ। एक ब्यक्तिले एक बैंकबाट बार्षिक ५०० डलर सम्म खर्च गर्न पाउने डलर कार्ड दिएका छन ।
फेसबुकमा बिज्ञापन बुस्ट गर्दा नेपालबाट फेसबुकले कति लैजान्छ ? अनि नेपाललाई के फाईदा छ ? भन्ने जिज्ञासा पनि पैदा भएको छ ।” नेपालमा बिज्ञापन प्रचार प्रसार गर्ने पहिले पहिले रेडियो, टेलिभिजन, अनलाइन पत्रपत्रिका, छापा पत्रपत्रीका थिए । अहिले ती रेडियो, टेलिभिजन, अनलाइन पत्रपत्रिका, छापा पत्रपत्रीकामा बिज्ञापन गर्ने चलन घटदो छ ।” बुस्ट बापत फेसबुक युट्युव प्लेट फर्मले नेपालबाट कति पैसा लगिरहेछ ? सामाजिक संजाल नियमन गर्नु तत्कालको आबस्यकता रहेको देखिन्छ। (क्रान्ति)
