२०८२ असोज १४ काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा मानव अधिकार उल्लंघनका घटना र आन्दोलन पछि मानव अधिकार उल्घनका घटनाको सूचना राष्ट्रिय मानव अधिकार आयोगको ईमेल र राष्ट्रिय मानव अधिकारका विभिन्न ठाउँमा रहेका आयोगका कार्यलयमा सूचना पठाउन राष्ट्रिय मानव अधिकार आयोगले अनुरोध गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले निकालेको सूचनामा भनिएको छ: ´राष्ट्रिय मानव अधिकार आयोगको सूचना मिति २०८२ साल भदौ २३ र २४ गते राजधानीसहित देशका विभिन्न भागमा भएको जेनजी पुस्ताको प्रदर्शन सम्बन्धमा मानव अधिकार उल्लंघनका घटनाको राष्ट्रिय मानव अधिकार आयोगबाट अनुसन्धान भईरहेकोमा अनुसन्धानलाई अझ प्रभावकारी बनाउनका लागि सो प्रदर्शनको क्रममा भएका सम्भावित मानव अधिकार उल्लंघनसँग सम्बन्धित श्रव्यदृश्य सामाग्री (भिडियो), कागजात तथा अन्य प्रमाणहरु तपसिल बमोजिमको इमेल वा आयोगको केन्द्रीय कार्यालय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरुमा भौतिक रुपमा उपलब्ध गराई आयोगको अनुसन्धान कार्यमा सहयोग गरिदिन अनुरोध गरिन्छ` ।

तपसिल

१. राष्ट्रिय मानव अधिकार आयोगको इमेल investigation@nhrcnepal.org मा मेल गरी पठाउन सकिने छ तथा भौतिक उपस्थितिमा आयोगका कार्यालयहरुमा प्रमाण समेत पेश गर्न सकिनेछ ।

राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालय, हरिहरभवन पुल्चोक, ललितपुर

राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश कार्यालय, बरगाच्छी, विराटनगर, मोरङ्ग

राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालय, जनकपुरधाम, धनुषा

राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालय, वासुदेव मार्ग, हेटौडा, मकवानपुर

राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय, एयरपोर्ट (पर्यटक मार्ग), पोखरा

राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय, बुटवल, रुपन्देही

राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालय, विरेन्द्रनगर, सुर्खेत

राष्ट्रिय मानव अधिकार आयोग, सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढी, तारानगर, कैलाली

राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय, दिक्तेल, खोटाङ

राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश शाखा कार्यालय, शान्तिनगर, नेपालगञ्ज, बाँके

राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश शाखा कार्यालय, खलङ्गा, जुम्ला
नोटः प्रमाण पेस गर्ने व्यक्तिको विवरण गोप्य रहनेछ । (क्रान्ति)