२०८२ असोज १४ काठमाडौं । नेकपा एमालेका नेत्ता महेस बस्नेत माथी थप अनुसन्धान गर्न शोभा पाठक भन्ने जानुका पाठकको जाहेरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मिति:२०८२ असोज ५ गते जिल्ला महान्यायधिवक्ता उदयचन्द्र अदिकारी द्वारा हस्ताक्षर गरिएको पत्र नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो, काठमाणडौ लाई पठाएको बुझिएको छ ।
पत्रमा भनिएको छ: ´प्रस्तुत विषयमा शोभा पाठक भन्ने जानुका पाठकको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी महेश बस्नेत भएको बिद्युतिय (ईलेक्ट्रोनिक) कारोवार ऐन अन्तर्गत कसूर मुद्दामा अनुसन्धानको क्रममा प्राप्त हुन आएको जाहेरी दरखआस्त लगायतका कागजातहरुको सम्बन्ध थप अनुसन्धान गर्न निरर्थक देखिएको हुँदा कानून बमोजिम तालेमीमा राख्न पाउँ भनी च.नं. ७९२, मिति २०८२।०५।३१ गतेको पत्रको सम्बन्धमा हेर्दा, प्रतिवादी महेश बस्नेतले आफ्नो फेसबुक वालमा नेपालको राजनितिमा एउटा भालु पछिल्लो अवस्थामा जहाँ पनि छरपष्ट बौलाउदै हिडी रहेको छ भन्दै अमुर्त ढंगले अमर्यादित “भालु” शब्द बिद्युतिय साधनको प्रयोग गरी गाली बेईज्जती गरेको देखिदा उक्त शब्द कसलाई, कुन प्रयोजनका लागि पोष्ट गरेको हो ? प्रतिवादी महेश बस्नेतबाट कागज गराई खुलाउन लगाउने । साथै मिसिल संग्लन रहेको मेसेजको Mahesh basnet fanclub कसको नाममा खोलिएको छ सो समेतको थप अनुसन्धान गरि सोको आधारमा राय पेश गर्नुहुन सक्कल मिसिल यसै पत्र साथ फिर्ता पठाईएको व्यहोरा अनुरोध छ` । (क्रान्ति)