२०८२ असोज १३ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन सर्वसाधारण नागरिक सरह सुरक्षा नलिई सरकारी गाडी बिना पोखरा गएका छन् । पुन मन्त्रालयबाट आज बिहान निस्केर जहाजबाट पोखरा गएका हुन् ।

मन्त्री पुन कोहि कसैलाई खवर नगरी सर्वसाधारण नागरिक जसरी नै पोखरा एयरपोर्टबाट ट्याक्सी चढेर आफ्नो घर गएको श्रोतले बताएको छ ।

मन्त्री पुन पोखरामा स्थित नदीपुरमा रहेको आफ्नो घर कोठामा रहेका परिवार भेटन गएका हुन् । पुन मन्त्री भएपछि मन्त्रालयमै बस्दै आएका थिए । सरकारी कामबाहेक अन्य अवस्थामा सवारी र सुरक्षा नलिने मन्त्री पुनले घोषणा गरेका थिए । (क्रान्ति)